मलंगवा जेसीजको आतिथ्यतामा जेसीज क्षेत्र “क” सम्मेलन तयारी पूरा
कमल । नेपाल जेसीजको आयोजना र मलंगवा जेसीजको आतिथ्यतामा भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) सर्लाहीको मलंगवामा नेपाल जेसीज क्षेत्र “क” सम्मेलन आयोजना हुने भएको छ ।
बुधबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा,सम्मेलन निर्देशक जेसी बिभाष कुमार कर्णले सम्मेलन भव्य रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको बताएका छन्। उनले सम्मेलनमा करिब ४७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान रहेको पनि जानकारी दिए।
मलंगवा स्थित मलंग बाबा मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मलंगवाको राष्ट्रिय स्तरमा पहिचानलाई उचाल्नु रहेको आयोजकहरूले बताएका छन्।
मलंगवा जेसीजका मिडिया कोअर्डिनेटर समीर मिकरानीका अनुसार सम्मेलनमा १५०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।
क्षेत्र “क” अन्तर्गतका ४६ शाखाका प्रतिनिधिहरूसहित नेपाल जेसीजका अन्य क्षेत्रका पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष, प्रशिक्षक, विद्यार्थी, उद्यमी, व्यवसायी, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।



