ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र गौरादहद्धारा बिश्व भातृत्व दिवसमा रक्तदान कार्यक्रम आयोजना गर्दै
गौरादह । झापाको गौरादह नगरपालिकामा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, गौरादह शाखाले राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति एवं विश्व भातृत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, गौरादह शाखाले यही भदौ ९ गते सोमबारका दिन आफ्नो भवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने लागेको हो ।
उक्त कार्यक्रम बिहान ७ बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, गौरादह शाखाकी सञ्चालिका ब्रह्माकुमारी वेद कुमारी न्यौपाने बताउनु भयो ।
उहाँले ‘बिश्व एकता र भ्रातृत्वका लागि रक्तदान’ भन्ने मुल उद्देश्यका साथ ब्रह्माकुमारीज राजयोग सेवा केन्द्र समाज सेवा प्रभागले बिश्वका १४३ देशमा भदौ ६ गते देखि ९ गते सम्म रक्तदान कार्यक्रम आयोजना गरिन लागेको बताइन । उनले गौरादहमा भदौ ९ गते आयोजना हुने रक्तदान कार्यक्रममा उपस्थित भइ रक्तदान गर्न आग्रह गरिन् ।



