नारी सञ्चार गृह झापाको अध्यक्षमा आचार्य सर्वसम्मत
झापा, ११ असार : झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन गरेको हो।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन हुनुभएको हो ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनिशा शर्मा गौतम, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जीता खड्का चयन भएका छन्।



