कमलनगर जेसीजको नयाँ वर्षको शुभकामना आदान–प्रदान एव क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

कमल, ८ बैशाख । कमलनगर जेसीजको आयोजनामा नयाँ वर्षको शुभकामना आदान–प्रदान एव क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिका वडा नं. ४ स्थित कमलनगर जेसीजको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने वर्ष २०२५ का कार्यकारीणी उपाध्यक्ष जेसी मनिसा कठायतको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कमल गाँउपालिका वडा नं. ०१ वडा अध्यक्ष तथा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी केदार कटुवालको विशिष्ट आतिथ्यता र कमल गाँउपालिका वडा नं. ०४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

नया वर्षको शुभकामना आदानप्रदान गर्दै कार्यक्रममा उपस्थित सबैले एकअर्कासँग शुभेच्छा साटासाट गरिएको थियो । अध्यक्ष जेसी भिम अधिकारीले वि.सं. २०८२ सालको क्यालेण्डर प्रकाशन कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्ण विज्ञापनदाता, प्रकाशन समिति सदस्यहरु र सहयोगीहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, पूर्वअध्यक्षहरु, आजिवन सदस्यहरु, सदस्यहरु, वडा नं. ०४ का सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्