कमलमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न
कमल, २४ चैत । झापाको कमल गाउँपालिकामा निःशुल्क उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
कमल २, स्थित श्री इन्द्र लोहनी स्मृति विद्यालयको सभाहलमा शनिबार ३ दिन सम्म चलेको तालिममा सहभागी २० जनालाई निःशुल्क उद्घोषण तथा व्यक्तित्व विकास तालिम प्रदान गरिएको हो । लेट मी मिडिया प्रा.लिको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि देवीचौन टोल विकास समितिका अध्यक्ष तथा समाजसेवी इन्दिरा खड्काले गर्नुभएको थियो । कार्यक्रममा श्री इन्द्र लोहनी स्मृति विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल मानव सेवा समिति गौरादह शाखाका अध्यक्ष गंगा बहादुर कार्की, समाजसेवी पदमा बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष नारायण बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्ध निर्देशक कमल कटुवालले गर्नुभएको थियो । उक्त तालिमका प्रमुख प्रशिक्षकहरुमा मनिषा कठयात्, नारायण बस्नेत, कमल कटुवाल र सुमित भण्डारीले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।





