ज्योति बालक्लबको अध्यक्षमा संगित ढंंगाल चयन

कमल, ४ चैत । झापाको कमल गाउँपालिकामा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ज्योति बाल क्लबको शैक्षिक सत्र २०८२ को लागि आज (सोमबार) नयाँ कार्यसमिति चयन भएको छ ।

कमल–२, भुत्लुङमा अवस्थित उक्त विद्यालयको बालक्लबको अध्यक्षमा संगित ढंगाल चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा जेनिशा ढकाल, सचिवमा अंकित राई, सह–सचिवमा अमिसा राई र कोषाध्यक्षमा मनिष बुढाथोकी चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा बसन्त थापा, सोनिया लिम्बु, इसाना भुजेल, विशाल पौडेल, जेसिका थापा, डिकेन्द्र कार्की, वेनिस दाहाल, जेनिसा ढंगाल, रोनिशा माझी र लक्ष्मण ढंगाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्