कमलनगर जेसीजद्धारा अशोक दर्जीको घरमा रंग रंगाउने कार्यक्रम सम्पन्न

कमल, १ चैत । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली पर्वको अवसरमा रंगहरुको सद्भाव विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

कमल–६, रत्नपुर चौकमा रहेको अशोक दर्जीको घरमा आज (शुक्रबार) रङ् लगाएर होली पर्व मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई रहनु भएको थियो । साथै उक्त कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी मिलन पौडेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारी रहनु भएको थियो ।

उक्त घर रङ्गाउनका लागि रंगको प्रायोजन कमल–३, केर्खामा रहेको रोज् पेन्टसले गरेको कार्यक्रमका संयोजक जेसी मिलन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा समाजसेवी सन्तोष भण्डारी, कमलनगर जेसीजका आजीवन सदस्यहरु जेसी राजन ढुंगाना, जेसी उमानाथ भण्डारी, जेसी प्रेम सापकोटा, कमलनगर जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी हेम दहाल, वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत, वर्ष २०२३ का अध्यक्ष रिजु कार्की, २०२५ का पदाधिकारीहरु, सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन कमलनगर जेसीज वर्ष २०२५ का महासचिव जेसी मिलन सापकोटाले गर्नुभएको थियो ।

होली मिलन कार्यक्रम सम्पन्न

कमलनगर जेसीजद्धारा कमल–६, वडा कार्यालय परिसरमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई रहनु भएको थियो । साथै उक्त कार्यक्रमका संयोजक कमलनगर जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी मिलन पौडेल रहनु भएको थियो ।

उक्त कार्यक्रमको प्रायोजन रोज् पेन्टसले गरेको थियो भने कार्यक्रममा सहयोग सोनापुर टोल विकास समिति, कमल–६ ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्