कमलमा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

कमल, २५ फागुन : झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम आज आइतबारबाट सुरु भएको छ ।

कमल गाउँपालिकाको आयोजनामा कमल-२, स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा भएको किशोरीहरुका लागि आत्मरक्षा तालिममा कमल गाउँपालिका वडा नं. २ भित्रमा सामुदायिक तथा निजी विद्यालयमा किशोरीहरुलाई उक्त तालिम दिएको कमल गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रिता कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम दाहाल, कमल-२ की वडा सदस्य कल्पना राई लगायतको उपस्थित रहेको थियो ।

उक्त किशोरीहरुका लागि आत्मरक्षा तालिम फागुन २५ गतेबाट फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्