आज ११५ औँ विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैँ

काठमाडौं । आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ ।

यस वर्षको महिला दिवसको नारा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने रहेको छ । दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न महिलावादी संघसंस्था र महिला अधिकारकर्मीहरूले मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्