कमलमा आजबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कमल, २ फागुन : झापाको कमल गाउँपालिकामा कमल गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (शुक्रबाट) बाट सुरु भएको छ ।

कमल-३ स्थित केर्खा खेल मैदानमा सुरु भएकोको प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले शुभकामना मन्तव्यका क्रममा पछिल्लो समय राज्यले शिक्षा र खेलकुदका क्षेत्रमा धेरै नै लगानी गरेको छ । हरेक खेलकुदका विधाहरुको महत्व उत्तिकै छ । त्यसैले विद्यार्थीलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा जोड्दै आफ्नो र देशको नाम चिनाउनका लागी यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो ।

यस्ता प्रतियोगिता मार्फत विद्यार्थीले आफु भित्र रहेको क्षमतालाई अभिवृद्धि गर्दै अनुशासित र मर्यादित हुनलाई ठुलो सहयोग गर्दछ । जस कारण आगामी दिनमा विद्यार्थीले खेलकुद मार्फत अगाडी बढ्न सहयोग कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले बताउनु भयो ।

शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा आमन्त्रित अतिथि तथा खेलाडीलाई नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षा समिति सदस्य बद्री कार्कीले शाब्दिक शब्दद्वारा स्वागत गर्नु भएको थियो ।

उक्त प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्