अर्जुनधारा जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी वेदनारायण गोदार निर्वाचित

झापा, २९ पौष । झापाको अर्जुनधारा नगरपालिका रहेको अर्जुनधारा जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अर्जुनधारा जेसीजको १३ औँ साधारण सभाबाट वर्ष २०२५ को लागि अध्यक्षमा जेसी वेदनारायण गोदार निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी टंक दहाल र जेसी सागर घिमिरे, महासचिवमा जेसी बिमला भट्टराई र कानूनी सल्लाहकारमा जेसी भिम बराल निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी अर्जुन बस्नेत, जेसी रन्जिता दुलाल, जेसी अमित कटुवाल र जेसी रमेस बिष्ट निर्वाचित भएको अर्जुनधारा जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी बसन्त बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्