डिउ टिभीको समुद्घाटन कार्यक्रम सम्पन्न
कमल, २७ पौष : झापाको कमल गाउँपालिकामा नयाँ सञ्चार माध्यम डिउ टिभी तथा डिउ टिभी अनलाइन डटकम सञ्चालनमा आएको छ ।
झापाको एक ग्रामिण क्षेत्रबाट सुरुवात गरिएको लेट मी मिडिया प्रा.लि.द्धारा सञ्चालित डिउ टिभीको आज पौष २७ गते शनिबार पृथ्वी जयन्ती दिवसको अवसरमा पारेर झापाको कमल गाउँपालिका वडा नं. १ स्थित कमल पोखरी सामुदायिक भवनमा समुद्घाटन गरिएको छ ।
उक्त समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी (न्यौपाने) ले व्यानर वाचन गरेर टिभीको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष तिवारीले स्थानीय क्षेत्रमा स्थापना गरिएको टिभीले स्थानीय स्तरमा भएका सकारात्मक, सत्य, तथ्य अनि सही सूचनाको सञ्चार माध्यमबाट जनतालाई तथ्य समाचार पुर्याउन सहयोग गर्यो भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
यस डिउ टिभीले हालसम्म उत्कृष्ट र जनताको तल्लो स्तरसम्म पुगेर बिना स्वार्थ दर्शकको चाहाना अनुसारको कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै लैजाने टिभीका प्रवन्ध निर्देशक कमल कटुवालले बताउनु भयो ।
हालसम्म यस टिभीले स–साना नानीहरुकका लागि कार्यक्रम लेस बाल कार्यक्रम, ज्येष्ठ नागरिक आमाबुबाहरुका लागि कार्यक्रम मेरी आमा र देवो भवः, महिला दिदीबहिनीहरुका लागि कार्यक्रम प्यारी नारी, जीवन जीउने क्रममा आफूले भोगेका र जानेका कुराहरुलाई समेट्ने कार्यक्रम संघर्षको कथा, विभिन्न ठाउँहरुको जानकारी दिने कार्यक्रम यात्रा, त्यस्तै जेसीज जीवनका कुराहरुको कार्र्यक्रम जेसीज यात्रा, शैक्षिक क्षेत्रमा भएका गतिविधिको कार्यक्रम शैक्षिक सन्दर्भ आदि कार्यक्रमहरु नियमित रुपमा प्रसारण समेत गर्दै आएको छ ।
उक्त समुद्घाटन कार्यक्रम कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल, कमल–३ का वडा अध्यक्ष अग्नि प्रसाद कोइराला, चेतना नेपालका अध्यक्ष इन्द्र प्रसाद ओली, कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवेन्द्र दाहाल (देवु), रोज पेन्टस्का प्रवन्धक निर्देशक छत्रपति खनाल (गोपाल), श्री समयगढ कृषि सहकारी संस्थाका अध्यक्ष हेम दाहाल, पत्रकार जय कुमार राई, स्वास्थ्य स्वयंसेवीमा उषा दाहाल लगायतको उपस्थिति रहेको थियो ।



