डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) दमकको अध्यक्षमा तिम्सिना निर्वाचित
दमक, २७ पौष । झापाको दमकमा रहेको डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) दमक शाखाको आज (शनिबार) दमक नगरपालिकाको सभाहलमा दशौं महाधिवेशन सम्पन्न भएको छ ।
उक्त डिपिएल नेपालका संस्थापक भेषराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महाधिवेशनबाट डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) दमक शाखाको अध्यक्षमा अश्विन तिम्सिना निर्वाचित भएका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पूर्णिमा तिम्सिना, महासचिवमा पर्वत बस्नेत, उपाध्यक्षहरुमा वर्षा निरौला, तुषार थापा, अर्जुन निरौला र खस्बु अन्सारी, कोषाध्यक्षमा दिप नेम्बाङ निर्वाचित भएका छन् ।
त्यस्तैगरी निर्देशकमा शिक्षा आचार्य, सुजन बिष्ट र सुमन निरौला, सदस्यहरुमा भरतमणि न्यौपाने, सरोज आचार्य र अनिल कोइराला निर्वाचित भएका छन् ।



