मनोहरा जेसीज वर्ष २०२५ को अध्यक्षमा भट्टराई चयन

झापा, १५ पौष : मनोहरा जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी उमेश भट्टराई चयन भएका छन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी प्रमिला चापागाईं र जेसी अरूण श्रेष्ठ चयन भएको छन् ।

यस्तैगरि उपाध्यक्षहरूमा जेसी विवश न्यौपाने, जेसी संगम पाण्डे, जेसी आर्सी ढकाल र जेसी विपिन यादव चयन भएका छन् ।

यस्तै महासचिवमा जेसी शैलेन्द्र कुइकेल, कोषाध्यक्षमा प्रशान्त राज खड्का, कानुनी सल्लाहकारमा जेसी रूपेश खनाल, सहसचिवमा जेसी दिपेश तिखत्री, तालिम आयुक्तमा जेसी सक्षम खड्का र अध्यक्ष सल्लाहकारमा जेसी मनोज सिंह चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्