दमक जेसीज वर्ष २०२५ को अध्यक्षमा भट्टराई चयन

दमक, १५ मंसिर – दमक जेसीजको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको ४४औं वार्षिक साधारण सभाबाट अध्यक्षमा सहदेव भट्टराई चयन भएका छन् । भट्टराईले ५९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी निरोज आचार्यले ४२ मत प्राप्त गरेका थिए ।

यसअघि, निर्वाचनको व्यवस्थापनका लागि पूर्व अध्यक्ष सञ्जीव बरालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।

त्यसैगरी, दमक जेसीजको कार्यकारी उपाध्यक्षका तीन पदमा रुबल अधिकारी, पूजन चौधरी, र सरोज ढकाल मध्ये रुबल अधिकारी र पूजन चौधरी सर्वसम्मत रूपमा विजयी भए।

उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सरिता बराल (८३ मत), निशाम अधिकारी (७८ मत), धर्म ढुंगाना (६५ मत), र सुमन कुमाल (६० मत) विजयी भए।

जन सम्पर्क अधिकारीमा बिशाल अधिकारी र तालिम निर्देशकमा कृष्ण भट्टराई सर्वसम्मत रूपमा विजयी भएका छन्।

जेसीजको विधानअनुसार महासचिवसहित अन्य पदमा मनोनयन गरी आगामी वर्ष २०२५ का लागि नयाँ कार्यसमिति पूर्णता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्