गौरादह जेसीज वर्ष २०२५ को अध्यक्षमा कार्की चयन

कमल, १४ पौष : झापाको गौरादहमा रहेको गौरादह जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी दुर्लभ कार्की निर्विरोध चयन भएका छन् ।

त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी धुव्रचन्द्र अधिकारी र जेसी अनिता भण्डारी चयन भएको छन् ।

यस्तैगरि उपाध्यक्षहरूमा जेसी सितल अधिकारी, जेसी एन्जिला पोख्रेल, जेसी अभिषेक गड्तौला र जेसी गणेशराज ताजपुरीया चयन भएका छन् ।

यस्तै जनसम्पर्क अधिकारीमा जेसी विकास न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्