डिपिएल नेपाल वर्ष २०२५ को अध्यक्ष भण्डारी चयन
कमल, १४ पौष : डिपिएल नेपालको पौष १२ र १३ गते सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा अनु भण्डारी चयन हुनु भएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिवश खतिवडा, महा-सचिव गुणराज गिरी र कोषाध्यक्षमा श्रेयश्री थापा चयन हुनु भएको छ ।
यस्तैगरि उपाध्यक्षहरूमा जीवन सापकोटा, कमल प्रसाद गैरे, आयुष बाटाजु र निर्देशकहरूमा संजीव पाठक, अनुज दाहाल र मनिष गिरी चयन भएका छन् ।



