वीरता लेडी जेसीजको अध्यक्षमा निशा शाक्य निर्वाचित
झापा । वीरता लेडी जेसीजको वर्ष २०२५ को अध्यक्षमा निशा शाक्य निर्वाचित भएकी छन् ।
संस्थाको आइतबार भएको निर्वाचनमा शाक्य निर्वाचित भएकी हुन् । शाक्यले ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत संगिता गिरीले जानकारी दिइन् । निर्वाचन प्रक्रियामा शाक्य र झुमा चुँडाल उत्रिएपनि अन्त्यमा चुँडालले आधिकारिक रुपमा नाम फिर्ता लिएपछि शाक्य निर्वाचित भएको निर्वाचन अधिकृत गिरीले बताइन् ।
वीरता लेडी जेसीजको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष मेनुका ओली, कार्यकारिणी उपाध्यक्ष मुना अधिकारी ढुंगेल, चन्द्रकला रिजाल, उपाध्यक्ष एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत, तारा बस्नेत रहेका छन् । यस्तै सह–सचिवमा दिक्षा कडरिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजक कोपिला पोख्रेल सिटौला, जनसम्पर्क अधिकारी पार्वता श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थाले मनोनित गर्ने पदहरुमा समेत आइतबार टुंगो लगाएको छ । महासचिवमा प्रभा रायमाझी, कानूनी सल्लाहकारमा अस्मिता राई कुरुङ्बाङ र कोषाध्यक्षमा कविता ओलीलाई मनोनित गरिएको निर्वाचन समिति सदस्य संगिता चिमरियाले जानकारी दिइन् ।



