मंगलमय मा.वि. कमलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सापकोटा चयन

कमल । झापाको कमल गाउँपालिका–५, पाडाजुँगीस्थित श्री मंगलमय माध्यमिक विद्यालयको विद्यालय व्यवथापन समिति गठन भएको छ । समितिको अध्यक्षमा टिकाराज सापकोटा चयन भएका छन् ।

विद्यालयमा मंगलबार बसेको अभिभावक भेलाबाट निर्वाचित व्यवस्थापन समितिका चार सदस्य र अन्य सदस्यहरुको बैठकले अध्यक्षमा सापकोटालाई सर्वसम्मत रुपमा मनोनयन गरेको हो । अभिभावकहरुबाट सर्वसम्मत रुपमा चुनिएका सदस्यहरुमा क्रमशः तोम प्रसाद बाँस्कोटा, शोभा तिम्सिना, सावित्रा उप्रेती (दाहालं) र हरिलाल ताजपुरिया रहेका छन् ।

अध्यक्ष सापकोटासँगै चन्दादाताबाट तारादेवी अधिकारी बस्नेत, शिक्षक प्रतिनिधिका रुपमा तिर्थकुमार ताजपुरिया, वडा प्रतिनिधिका रुपमा वडाध्यक्ष लाल बहादुर विष्ट (एल.बी.) र सदस्य सचिवका रुपमा प्रधानाध्यापक मोहन कुमार बगाले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्