पहिलो पाईला नेपाल गौरादह शाखाको अध्यक्षमा निरौला चयन
झापा । झापाको गौरादह नगरपालिकामा पहिलो पाईला नेपाल गौरादह शाखाको प्रथम कार्य समिति गठन गरिएको छ । कार्यक्रम गौरादह-७ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको हो।
पहिलो पाईला नेपाल गौरादह शाखाको अध्यक्षमा भुपेन्द्र निरौला चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षहरुमा निशा पौडेल दाहाल र बाबुराम अधिकारी, सचिवमा सन्दिप पौडेल, सहसचिवमा लीला खत्री, कोषाध्यक्षमा सुस्मिता भुजेल र सहकोषाध्यक्षमा एलिजा भेटवाल चयन भएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा पुजा खड्का, भुवन कटुवाल, रिना दुलाल, लीला अधिकारी, लोकनाथ रेग्मी, पुनम पौडेल, निश्चिता कटुवाल र यमुना खत्री चयन भएका छन् ।
कार्यक्रममा पहिलो पाइला नेपाल केन्द्रीय सहकोषाध्यक्ष दिवस खतिवडाको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा सामाजिक ब्याक्तित्व भरत निरौला, पहिलो पाइला दमक शाखा अध्यक्ष राजु निरौला, उपाध्यक्ष लबराज खड्का लगायतको उपस्थितिमा गौरादह शाखा गठन भएको थियो ।



