हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ
भक्तपुर, १ कात्तिक : मध्यपुरथिमि नगरपालिका नगरपालिका–९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।



