कमलनगर जेसीजद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कमल–३, स्थित केर्खामा रहेको कुइनेटो क्याफेको सभाहलमा विजयदशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै मरिसशकालागी नेपालका महावाणीज्य दुत तथा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले कमलनगर जेसीजको नवनिर्मित भवन निर्माणकालागी तिनलाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रम कमलनगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी देबी प्रसाद दाहाल, पूर्व अध्यक्ष जेसी केदार कटुवाल, जेसी छत्रपती खनाल (गोपाल), जेसी हेम दाहाल, जेसी रिजु कार्की, जेसी नारायण बस्नेत तथा आजिवन सदस्य जेसी उमानाथ भण्डारी, जेसी राजन ढुङ्गाना, जेसी लेखनाथ खतिवडा जेसीजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । यसका साथै कमलनगर जेसीजले निर्माण गर्दै गरेको नवनिर्मित भवनको अनुगमन समेत गरेको वर्ष २०२४का महासचिव जेसी रोशन अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्