कमलनगर जेसीजद्धारा गमला वितरण कार्यक्रम सम्पन्न
कमल, १९ असोज । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा आज (शनिबार) गमला वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कमल–२, केर्खा अवस्थित सिंहदेवी मन्दिरमा कमलनगर जेसीजको जेसीज सप्ताह अन्र्तगत चौथो कार्यक्रम गमला वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी (न्यौपाने) रहनु भएको थियो । कार्यक्रममा अध्यक्षता कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी देवीप्रसाद दाहाल र कार्यक्रम संयोजक कमलनगर जेसीज वर्ष २०२४ का उपाध्यक्ष जेसी विजय खतिवडा रहनु भएको थियो ।
कार्यक्रममा मन्दिरका अध्यक्ष, सचिव र कमलनगर जेसीजका सदस्य लगायतको उपस्थिती रहेको थियो ।





