समता कृषि सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन

दमक – झापाको दमक–९, चियादोकान चौकमा अवस्थित समता कृषि सहकारी संस्थाको शुक्रबार नयाँ सञ्चालक तथा लेखा समिति चयन भएकोछ ।

सहकारी संस्थाको १३औ चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट पर्शुराम रिजालको अध्यक्षतामा पुनः नयाँ सञ्चालक समिति गठन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा शर्मिला भुर्तेल, सचिवमा गिता भट्टराई, सह-सचिवमा उमा अधिकारी र कोषाध्यक्षमा गोपाल तामाङ लगायत चुनिएका छन् ।

यसैगरि,सञ्चालक समितिको सदस्यहरुमा शान्तिराम भट्टराई, बद्री राई, धनबहादुर कुँवर, लिलबहादुर गौतम, हस्त बहादुर पौड्याल, होमा सुन्दास चुनिएका छन् ।

सभाले लक्ष्मी नेपालको संयोजकत्वमा लेखा सुपरिबेक्षण समिति गठन गरिएको छ । लेखा समितिको द्धयसदस्यमा शसिरन्जन जैसवाल र जितु धिमाल चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्