मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

दमक – झापाको पाडाजुंगी–गौरादह सडकखण्डमा सोमबार साँझ मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

गौरादहको ग्वालडुव्वाबाट दमक आउदै गरेको मे ८ प ७१४६ नम्बर मोटरसाईकल कमल गाउँपालिका-६ मंगलवारे वजारमा साँझ ६:३० वजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा त्यसमा सवार दमक नगरपालिका-७, श्रीपाली टोल बस्ने ३६ बर्षिय राजन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक जुरोपानी निवासी पारष राजवंशी समेत घाईते भएका र उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्