समयगढमा तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित समयगढमा तीज पर्वको अवसरमा हरितालिका तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
समयगढ युनाइटेड क्लबको आयोजनामा आज शुक्रबार हरितालिका तीज विशेष नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पवन कुमार राई, समयगढ कृषि सहकारी संस्थाका अध्यक्ष हेम दहाल, समाजसेवी डा.यज्ञ प्रसाद खतिवडा रहनु भएको थियो । त्यस्तैगरी अतिथिहरुमा श्री ज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेत, झापाली चिप्स उद्योगका सञ्चालक साथै कमलनगर जेसीज वर्ष २०२३ का अध्यक्ष रिजु कार्की, समयगढ प्रगति चौक टोल विकास संस्थाका अध्यक्ष सुरेश श्रेष्ठ लगायत अन्य समाजिक व्यक्तित्वहरु रहनु भएको थियो ।
तीज विशेष कार्यक्रममा भएको नृत्य प्रतियोगितामा ६ वटा नृत्य समुहको सहभागिता रहेको थियो । उक्त नृत्य प्रतियोगितामा प्रथम स्थानमा श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले नगद रु८०००, द्धितीय स्थानमा श्री महेन्द्ररत्न माध्यमिक विद्यालयले नगद रु ६००० र तृतीय स्थानमा सिर्जनशील युवा क्लबले नगद रु ४००० प्राप्त गरेको छ ।
उक्त नृत्य प्रतियोगितामा निर्णायको भूमिकाको रुपमा उत्तरा भट्टराई (खतिवडा), प्रनिशा नेपाल, स्मृति सुब्बा रहनु भएको थियो ।
त्यस्तै सोही कार्यक्रममा आयोजना भएको हन्डी फुटाईमा प्रथम एलिना ढंगालले नगद रु १५०० प्राप्त गर्नुभएको थियो भने म्युजिकल चियरमा प्रथम अस्मिता बराइलीले नगद रु १५००, द्धितीयमा कमला रिमालले नगद रु १००० र तृतीयमा अम्बिका श्रेष्ठले नगद रु ६०० प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा करिब १००० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता समयगढ युनाइटेड क्लबका अध्यक्ष तिलिन चेम्जुङ लिम्ब रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव कमल ढंगालले गर्नुभएको थियो ।




