जेसीज पूर्व अध्यक्ष समाज झापाको बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश पोख्रेल निर्वाचित

झापा । झापामा स्थापना भएको जेसीज पूर्व अध्यक्ष समाज झापाको ५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भद्रपुरमा आज शनिबार सम्पन्न भएको वार्षिक साधारणसभाले दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति गठन गरिएको छ ।

उक्त जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा रमेश पोख्रेल (भद्रपुर जेसीज) निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा बिष्णु प्रसाद रिमाल (चारआली जेसीज), महासचिवमा ॠषि तिम्सिना (धुलाबारी जेसीज), सचिवमा प्रेम प्रकाश भण्डारी (बुधबारे जेसीज) र कोषाध्यक्षमा राधा सुब्बा (वीरता लेडी जेसीज) निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा यामकुमार खडका (वीरता जेसीज), केशव पोख्रेल, (धुलाबारी जेसीज), पुष्कर ढकाल (बाहुण्डागी जेसीज), उषा श्रेष्ठ (मेचिनगर लेडी जेसिज), उज्ज्वल श्रेष्ठ (भद्रपुर जेसीज), कुमारसिंह साँवा (सतासीधाम जेसीज), विगम श्रेष्ठ (बाह्रदसी जेसीज), कमल प्रसाद कट्टेल (सुरुङ्गा जेसीज), छत्रपति खनाल (कमलनगर जेसीज), नरेन्द्र बराल (दमक जेसीज), खगेन्द्र पाण्डे (कचनकवल जेसीज) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्