श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा स्थापना भएको श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

२ नं. वडा कार्यालयद्धारा सञ्चालित श्री नवकिरण महिला संस्थाले आज (आइतबार) झापा कमल गाउँपालिका वडा नं. २ मा अवस्थित श्री ज्योति माध्यमिक विद्यालय र श्री महेन्द्ररत्न माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी र कक्षा एलकेजीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष मिथिला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा करिव १०० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्