कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
कमल । झापाकोे कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नं. १ मा रहेको श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज (आइतबार) कमलनगर जेसीज वर्ष २०२४ को सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम शैक्षिक सामाग्री वितरण कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी देवीप्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसी केदार कटुवाल रहनु भएको थियो।
कमलनगर जेसीज वर्ष २०२४ का कोषाध्यक्ष जेसी पुण्य रायाको सहयोगार्थमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
उक्त विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको कमलनगर जेसीज वर्ष २०२४ का महासचिव रोशन अधिकारीले जानकारी दिनुभयो ।



