कमलनगर जेसीजको ९ औं वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ९ औँ वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
केरखास्थित जेसीजको सचिवालयमा आज (आइतबार) सम्पन्न भएको ९ औँ वार्षिक उत्सवको अवसरमा कमलनगर जेसीज वर्ष २०२४ सप्ताह कार्यक्रम कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी देवीप्रसाद दाहालको अध्यक्षतामा उदघाटन गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपाने (तिवारी) रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा कमल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अग्नी कोइराला रहनु भएको थियो ।
कार्यक्रम कमलनगर जेसीजका सदस्यहरु, बोर्डका पदाधिकारीहरु, सिनेटर, आजिवन सदस्यहरु तथा पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कमलनगर जेसीज वर्ष २०२४ सप्ताह कार्यक्रमको मुल संयोजक कमलनगर जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी लोक वहादुर खड्का रहनु भएको थियो। संयोजकमा कमलनगर जेसीज वर्ष २०२४ का उपाध्यक्ष जेसी अशोक कार्की रहनु भएको थियो।
उक्त कार्यक्रम केक काटेर भव्यताका साथ सम्पन्न भएको थियो।








