शैक्षिक गुणस्तर सुधारको यक्ष प्रश्न

युवराज बास्कोटा

१) सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारी, विव्यस र मातहतको शक्ति/व्यक्ति आफ्ना छोराछोरीलाई अन्यत्र पढाउनुहुन्छ किन ?
–प्राप्त विषयगत योग्यता र शिक्षा सेवा आयोग उत्तीर्ण सीप आधारित आफ्नो दैनिकीप्रति विश्वास नभएर !
–सम्बद्ध संस्थागत जीवनप्रति यसको लगाम, इमान र सेवाभावपूर्ण अग्रसरता नभएर !
–सिकाइविधिमा केही अभाव वा अपुग भए सुधार्ने योजना, अग्रसरता र संकल्प नभएर !
–शिक्षक समाजको आदर्श पात्र हो, प्रयोगमा आधारित हुनुपर्छ भन्ने नैतिक जवाफ अभाव भएर !
यस्ता आधारभूत मुद्दा र सामाजिक–शैक्षिक जीवनका अन्तरसम्बन्धहरूमा तपाई हामी जिम्मेवार पंक्ति र शिक्षक कर्मचारी नै बेखबर रह्यौँ भने समुदायले हामीलाई कसरी पत्याउने ?


२) सोचौँ त– संस्थागत विद्यालयमा कार्यरत कुनै पनि शिक्षक कर्मचारीले आफ्ना छोराछोरीलाई अन्यत्र पढाउन सक्नुहुन्छ ?
–सक्नुहुन्न किनभने यहाँ छोराछोरीले चाहेनन्, रुचाएनन् भन्न छुट छैन !
–सक्नुहुन्न किनभने यहाँ कुनै बहाना चल्दैन, सटिक ढंगले वस्तुपरक जवाफ दिनुपर्छ !
–सक्नुहुन्न किनभने अपेक्षित सुधारका लागि प्रत्येकले स्वयंमा उदाहरण बन्नुपर्छ !
–सक्नुहुन्न किनभने दाताको आदेश नमान्नेबित्तिकै सँगसँगै जागिर जाने खतरा हुन्छ !
मनोगत हिसावले पलितपोषित यो विभेद र परस्पर कायम मनोविज्ञान रहुञ्जेलसम्म कसरी सुधार्न सकिन्छ– शैक्षिक गुणस्तर ? प्रश्न गम्भीर छ । स्वयंले स्वयंलाई सोधौँ र शैक्षिक गुणस्तरको प्रश्न निरुपण गर्न जिम्मेवारीबोधका साथ सहकार्य गरौँ !

लेखक श्री पञ्चायत माविलगायत सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्