रतुवामाई जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी लेखनाथ न्यौपाने निर्वाचित
कमल, ६ मंसिर : मोरङको रतुवामाई नगरपालिकामा रहेको रतुवामाई जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
रतुवामाई जेसीजको छैटौं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा जेसी लेखनाथ न्यौपाने (जीवन) निर्वाचित भएका छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षहरुमा जेसी प्रमिला पोख्रेल (उप्रेती) र जेसी सुजित चौधरी निर्वाचित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षहरुमा जेसी सुबास पौडेल, जेसी सन्दिप न्यौपाने, जेसी पुजा बर्तौला र जेसी मेनुका कार्की ( गौतम) त्यस्तैगरी तालिम आयुक्तमा जेसी पार्वती सोरेन निर्वाचित भएको रतुवामाई जेसीजका प्रमुख निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष जेसी शुक्रराज राईले जानकारी दिनुभयो ।



